आज काठमाडौं उपत्यकामा ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हिजो काठमाडौं उपत्यकामा ५७० संक्रमित थपिएका थिए जसमा काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।
आज देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन् भने ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार आज ४४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया