समाज


सिन्धुपाल्चोक बाढी-पहिरो : एक चिनियाँको शव भेटियो, पति-पत्नीसहित १५ जना पत्ता लाग्न बाँकी

सिन्धुपाल्चोक बाढी-पहिरो : एक चिनियाँको शव भेटियो, पति-पत्नीसहित १५ जना पत्ता लाग्न बाँकी

नेपालखबर
असार ३, २०७८ बिहिबार २:१४,

लगातार वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार राति गएको पहिरो र आएको बाढीमा परी बेपत्तामध्ये अझै १५ जनाको अवस्था पत्ता लाग्न सकेको छैन।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले आज (बिहीबार) बिहान दिएको जानकारीअनुसार मंगलबार राति बेपत्ता १६ जनामध्ये अहिलेसम्म एक जनाको मात्र शव फेला परेको हो।

मृतक सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक भएको तर उनको नाम खुलिनसकेको डीएसपी सापकोटाले बताए।

अन्य बेपत्तामध्ये अहिलेम्म ६ जनाको नाम खुलेको उनले जानकारी दिए। उनका अनुसार ती हुन्– हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, सोही ठाउँको ४२ वर्षीय गणेश ज्योति, हेलम्बु वडा नम्बर ३ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपती र ६६ वर्षीया टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्बा तामाङ र उनकी श्रीमती तथा चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल।

यसैगरी पछिल्लो जानकारीअनुसार सिनो हाइड्रोमा कार्यरत ९ कर्मचारी पनि सम्पर्कविहीन भएको डीएसपी सापकोटाले बताए। तिनमा ३ जना नेपाली, ३ जना भारतीय र ३ जना चिनियाँ छन्।

‘उनीहरूको नाम खुल्न बाँकी छ,’ डीएसपी सापकोटाले नेपालखबरसँग भने, ‘पत्ता लगाउने प्रयास गरिरहेका छौं।’

यो पनिमेलम्ची पीडा : बाढीले घर खेत बढार्‍यो, अब जीवन धान्ने चिन्ता (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .