समाज


छापामाध्यम सञ्जालद्वारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

छापामाध्यम सञ्जालद्वारा काउन्सिलका अध्यक्ष बस्नेतलाई बधाई

नेपालखबर
असार २, २०७८ बुधबार १३:१२,

नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ।

सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिएका हुन्। सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्र्वद्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे।

यस क्रममा काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो।

यसैबीच आजै कोरोना लगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ। छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापामाध्यमलाई बचाउनको लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गरे।

वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताए।

पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस् भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताए।
निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताए।

कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad