सिन्धुपाल्चोकको हेलम्बुमा गएराति पहिरोमा परी ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं ७ का ज्ञानेन्द्र कक्षपती, वडा नं ३ का १३ वर्षीया टीकामाया खड्का, ६ का च्याङ्बा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल रहेका छन्। अर्का एक जनाको सनाखत भएको छैन।
उनीहरु स्थानीय ट्राउट फार्ममा काम गर्थे। गएराति वर्षासँगै आएको बाढीमा परी त्यहाँ ठूलो जनधनको क्षति भएको छ। उद्धार कार्य भइरहेकाले जनधनको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन।
प्रतिक्रिया