ad ad

समाज


२ हजार ७४५ संक्रमित थपिए, ४ हजार १८७ निको भए

२ हजार ७४५ संक्रमित थपिए, ४ हजार १८७ निको भए

नेपालखबर
असार १, २०७८ मंगलबार १२:१०,

गएको २४ घण्टामा नेपालमा २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार २९० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

७ हजार ४४९ पीसीआर परीक्षण गर्दा १ हजार ६८१ र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ४१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोना भाइरसको कारण ज्यान जानेको संख्या हालसम्म ८ हजार ५०६ जनाको मृत्यु भइसकेको छ।

हालसम्म नेपालमा ६ लाख १२ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा संक्रमणमुक्त हुने दर ८८.३ प्रतिशत रहेको छ।

यस्तै, हालसम्म २४ लाख ३८ हजार १२७ जनाले पहिलो र ६ लाख ९१ हजार ४९४ जनाले दोस्रो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .