समाज


मनाङमा बाढी : तीन सय विस्थापित, सडक अवरुद्ध

मनाङमा बाढी : तीन सय विस्थापित, सडक अवरुद्ध

नेपालखबर
असार १, २०७८ मंगलबार १०:४,

तीन दिनको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।

चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताए।

चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा पनि बाढी आएको छ। बाढीसँगै खोलामा ठूला ढुंगा झरेका छन्।

मनाङको हुलाक कार्यालय र त्यस वरपरका घर बगाएको लामिछानेले जानकारी दिए।

उनका अनुसार मर्स्याङ्दी नदी छेउका ५ वटा घर डुबेका छन्। लमजुङको सीमानामा रहेको ताल भन्ने गाउँमा ४०/५० वटा घर ढुबेको जानकारी आएको उनले बताए।

चामे बेसिशहर सडकको तिमाङ भन्ने स्थानको बेलीब्रीज पनि बाढीले बगाएको छ।

चामेको नयाँ बजारस्थित पक्की पुल बाढीले बगाएको छ। यस्तै स्याक्लु खोलाले २ वटा काठे पुल बगाउँदा आवागनमा समस्या भएको छ।

बाढीका कारण अहिले सडक अवरुद्ध भएको छ भने बिजुली पनि नभएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad