समाज


उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि, यस्तो छ एक हप्ताको तथ्यांक

उपत्यकामा थप ६०७ जनामा संक्रमण पुष्टि, यस्तो छ एक हप्ताको तथ्यांक

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ११:४५,

आज काठमाडौं उपत्यकामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमा काठमाडौं ३९६, ललितपुर १४५ र भक्तपुर ६६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, हिजो (आइतबार) उपत्यकामा काठमाडौं ४८३, ललितपुर ११२ र भक्तपुरमा ५४ गरी ६५३ जना संक्रमित फेला परेका थिए।

यसअघि शनिबार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना गरी ५९८ जनामा संक्रमण पुष्टि भएको थियो।

शुक्रबार उपत्यकामा १ हजार १४० जना संक्रमित भए थिए। जसमा काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, उपत्यकामा गएको बिहीबार ७६४, बुधबार ९१५ र मंगलबार १ हजार २२६ संक्रमित थपिएका थिए।

गएको २४ घण्टामा नेपालमा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्।

हिजो (आइतबार) देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ९९३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ४६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .