समाज


अमेरिका–तालिबानबीच वार्ताको तयारी, अमेरिकी दूत कतार प्रस्थान

अमेरिका–तालिबानबीच वार्ताको तयारी, अमेरिकी दूत कतार प्रस्थान

नेपालखबर
भदौ ४, २०७६ बुधबार १०:३५,

अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास थालेका छन्।

अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्नेछन्।

एपीका अनुसार यसअघिका वार्तामा अफगानिस्तान सरकारलाई खासै महत्व दिइएको थिएन। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिइने जनाएको छ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। उनले तालिबान समूहले अफगानिस्तानलाई आतङ्कवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार व्यक्त गरे।

कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो। तालिबान समूहले उक्त आक्रमणमा आफ्नो जिम्मेवारी नरहेको बताइसकेको छ।

अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ।

इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतङ्कवादी ठूला आक्रमणहरु तिब्र रुपमा बढिरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकहरुको भनाई छ।

विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ। राष्ट्रसंघले अघिल्लो दशकमा भन्दाबढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ।

शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको ज्यान गएको थियो। विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .