ad ad

समाज


सर्लाहीमै सवारी चालक ट्रायल परीक्षा, स्नेहाकुमारी मण्डलले पाइन् पहिलो निस्सा

सर्लाहीमै सवारी चालक ट्रायल परीक्षा, स्नेहाकुमारी मण्डलले पाइन् पहिलो निस्सा

नेपालखबर
जेठ ५, २०८१ शनिबार ६:२१, सर्लाही

यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ। 

शुक्रबार एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा-५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गरेकी हुन्।  

गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो। 

कार्यलयका प्रमुख राकेश कुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायतको सेवा प्रवाह गरिएको जानकारी दिए। उनले चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरू गरिएको बताए। 

कार्यलय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो। 

यातायात व्यवस्था विभागको निर्णयअनुसार तत्काल सर्लाहीका लागि प्रतिदिन दुई सय मोटरसाईकल, ५० स्कुटर, एक सय जिप तथा कार, १० अट्टो रिक्सा, ५०  ट्रयाक्टर  र ३०÷३० वटा जेसिबी तथा डोजरको कोटा तय भएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .