कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ।
कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आईसीयू र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो।
कोरोना भाइरस संक्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आईसीयू र ओपीडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकूलपति प्राडा संगीता भण्डारीले बताइन्। उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा सुरु गर्न थालिएको हो।
कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया