समाज


यौन हिंसामा परेका दुई राउटे युवतीको मुख्यमन्त्रीसँग भेट

यौन हिंसामा परेका दुई राउटे युवतीको मुख्यमन्त्रीसँग भेट

नेपालखबर
जेठ २९, २०७८ शनिबार ४:६,

यौन हिंसामा परेका सुर्खेतको गुर्भाकोट नगरपालिका ११ का दुईजना राउटे युवती र तिनका अभिभावकसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेट गरेका छन्।

शुक्रबार वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमा शाहीले उनीहरुलाई भेटेका हुन्।

गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि एक साताअघि स्थानीय तीन युवकले यौन शोषण गरेको घटना सार्वजनिक भएको छ। राउटे युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेपछि यो घटना सार्वजनिक भएको थियो।

राउटे युवतीलाई यौन शोषण गरेको आरोपमा प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

यो घटनापछि राउटे युवतीको ज्यानसमेत असुरक्षित भएको भन्दै मानव अधिकारकर्मीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। घटनापछि स्थानीय प्रशासनले राउटे वस्तिमा सुरक्षा निगरानी बढाएको छ।

पीडित दुई राउटे युवतीको शुक्रबार वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .