ad ad

समाज


‘डिजाइन काठमाडौं कन्टेस्ट’ प्रतियोगितामा देशभरका ११६ विद्यार्थी सहभागी

‘डिजाइन काठमाडौं कन्टेस्ट’ प्रतियोगितामा देशभरका ११६ विद्यार्थी सहभागी

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १४:४६,

कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए। देशभरबाट कूल ११६ जना विद्धार्थी सहभागी भएको थियो।

सहभागी मध्यबाट कक्षा १० का युरिसा वर्जचार्य, सुविका हमालको समूह र रिगा शर्माको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन्। कक्षा ११ बाट कृतज्ञ घिमिरेको समूह, दिलिशा थापा र इसहिता दहालको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन्।

त्यस्तै कक्षा १२ को तर्फबाट तिमीला डंगोलको समूह, विकीकुमार झाको समूह र रौनकरञ्जन मिश्रको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन्। बौद्धिक प्रतिस्पर्धाका प्रत्येक कक्षागत समूहबाट प्रथम, दितृय र तृतीयलाई क्रमशः १० हजार, ५ हजार र २ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजले जनाएको छ।

कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्यार्थीले बनाएका नवितम योजनलाई विभिन्न निकायमा पठाउनु पर्ने वताए।

‘हामीले आगामी दिनमा यस्ता नवितम क्षेत्रमा मात्र नभइ अन्य कृषि उत्पादकत्वको क्षेत्रमा कामको सुरुवात गरिएको छ’ उपकुलपतिले श्रैष्ठले भने, ‘योजस्तै अन्य प्रस्तावलाई यथासक्य समावेश गरिनेछ।’

पूर्वमन्त्री इ. गणेश शाहले आगमीले दिन नास्टले यस्ता कार्यक्रम प्रत्यक्ष स्थानीय तहमा लैजानु पर्ने सुझाए।

‘यदि स्थानीय तहमा लैजान नसकेपनि प्रदेश राजधानी विकास कसरी गर्ने भन्ने बारेमा आयोजना गर्नु पर्नेमा पूर्वमन्त्री साहले जोड दिए।

पूर्वसचिव किशोर थापाले विद्यार्थीहरुको काल्पनिक तथा लेखन शक्ति उत्कृष्ट रहेको बताए।

‘काडमाडौं उपत्यका भनेको प्राचीन कालमा तान्त्रिकहरुको योजना अनुसार बनाएको थियो। राजाहरुले तान्त्रिकहरुको अनुसरण गर्थे’, पूर्वसचिव थापाले भने, ‘त्यसकारण विद्यालय तहका विद्यार्थीहरुको लेखन मूल्यांकन गर्दा यस कन्टेस्टले उनीहरुको वौद्धिक विकासमा ठूलो योगदान पुग्नेछ।’

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले हाम्रो विद्यालय शिक्षामा मौलिक चिन्तन गर्ने पाठ्यक्रममा कमी देखिएको बताए।

‘अहिलेका विद्यार्थीहरु पश्चिमा शैलीका कुरा अनुसरणमा केन्द्रित भएकोमा आगामी दिनका कार्यक्रममा नेपालको मौलिक शहरहरुका केन्द्रित हुने पर्ने उनले उल्लेख गरे।

नास्टका पूर्वउपकुलपति प्राडा जीवराज पोखरेलले विद्यार्थीहरुको पर्यावरणलाई स्वच्छ राख्ने तथा नयाँ घरमा पुराना वस्तुलाई समावेश गर्ने योजना उत्कृष्ट लागेको बताए।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक प्रतिस्पर्धामा निःशुल्क रुपमा आवदेन दिन पाउने व्यवस्था थियो। प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिएका थिए। काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा २० पन्ना शहरको परिकल्पना गर्नु पर्ने थियो।

एशिया टाइम्सका लेखक भीम भूर्तेलले विद्यार्थीहरुलाई अझै सोध लेखन कला सिकाउन पर्ने बताए। फाइटर प्लेन बालबालिको कन्स्पेप्टबाट निर्माण गरिएको उल्लेख गर्दै बालबालिकालाई कम आक्न नहुने भन्ने कन्टेन्टको मूल्यांकन विधिका बारेमा चर्चा गरेका थिए।

विजेता मध्यका साउथ वेस्टन कलेजमा कक्षा ११ मा अध्ययनरत कृतज्ञ घिमिरले १० वर्षको कार्ययोजना बनाएर नयाँ प्रविधिअनुसार बनाएका बताए।

काठमाडौंमा सेन्ट जेभियर्स कलेजमा १२ मा अध्ययनरत तिमिला डंगोलले हाम्रो सम्पदा संरक्षणमा राज्यले व्यवस्थित गर्न नसकेको देखिएको भन्दै सम्पदा संरक्षण गर्ने योजनासहित कन्टेस्ट सहभागी हुँदा अनुसन्धान गर्ने ज्ञान हासिल गरेको अनुभव सुनाइन्। 

आयोजक रिभोसाइन्स लक्ष्मण डंगोलकाअनुसार प्रतिस्पर्धीले आफ्ना परिकल्पना गर्दा काठमाडौं उपत्यकाको डिजाइन, भूगोल, बास्तुकला, समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु, नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन, धर्म र शिक्षा प्रणाली, सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक रिभोसाइन्स डट कमका सम्पादक लक्ष्मण डंगोलले दोस्रो डिजाइन काठमाडौं कन्टेस्ट आयोजना गर्ने बताएका छन्। कार्यक्रममा जर्मनीमा भौतिकशास्त्रमा स्नातक्तोर गर्दै गरेका किरण अधिकारीले यस्ता कार्यक्रमा नासा तथा विभिन्न क्षेत्रमा हुने गरेको आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका थिए।

रिभोसाइन्स मिडियाको अध्यक्ष प्राडा जीवनज्योति नकर्मीले कार्यक्रमको औचित्य प्रकाश पार्दै समापन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .