समाज


सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, बाहिनी प्रमुख फेरिए

सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, बाहिनी प्रमुख फेरिए

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १५:१४, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यो निर्णयसँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।

मकवानपुरको गडिमाई बाहिनीमा गणेशबहादुर ठाडा मगर सरुवा भएका छन्। रुपन्देहीको विन्दाबासिनी बाहिनीमा अभिकुमार खत्री, कास्कीको मुक्तिनाथ बाहिनीमा कुलबहादुर नेम्बाङ र महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराईलाई सरुवा गरिएको छ।
यस्तै सुनसरीको बराह बाहिनीमा शम्भु सुवेदी, महोत्तरीको छिन्नमस्ता बाहिनीमा कालीदास धौबजी र कैलालीको वैद्यनाथ बाहिनीमा दीपक अधिकारीलाई सरुवा गरिएको छ।

को कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .