समाज


‘सेल्फी विद डटर’ : प्रतिष्ठा लामाको सेल्फीले जित्यो २१ हजार

‘सेल्फी विद डटर’ : प्रतिष्ठा लामाको सेल्फीले जित्यो २१ हजार

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ११:२,

बिगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान एक भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ।

‘सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो।

विगत केही वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतीय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला शसत्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म सहित ‘सेल्फी विथ डटर’ को कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएको हो।

नेपालमा सञ्चालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग सेल्फी पठाएका थिए। यस अभियानमा प्रतिभा घिसिङ र उनकी छोरी प्रतिष्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ।

यसैगरी दक्ष्य बहादुर राइ र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ। विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिएको छ।

बुधवार आयोजित कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रुपमा उपस्थिति रहेको थियो। कार्यक्रमलाइ सम्बाेधन गर्दै सिंहले भारतमा सामाजिक चेतना बढाउन ‘सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाब पारेको बताए। उनले नेपाल र भारत देशमा अझै पनि छोरीलाइ हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुँदा यसलाई निर्मुल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने बताए। सेल्फी विद डटर अभियानले छोरी र महिलालाई मात्र सामाजिक रुपले मजबुत बनाएको छैन की छोरीहरूको समाजमा सम्मान दिने अभियानले जनआन्दोलनको रूप लिएको छ।

यसैगरी कार्यक्रममा नेपाल सरकारका पूर्वमहिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले बिशेष सम्बोधन गरेकी थिइन्।

महतोले नेपाल जस्तो कम विकसित मुलुकमा अझै पनि छोराछोरीमा भेदभाब रहेको, दाइजो लगायतका सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यत्तिको प्रचलित र यती चाँडै भाइरल भएको कुनै पनि अभियान छैन भन्दै छिमेकी देश भारतबाट शुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको बताइन्। ‘सेल्फी विथ डटर’ जस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउने बताइन्।

कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालय अन्तर्गत राष्ट्रिय इ–गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहको समेत उपस्थिति रहेको थियो। उनले सम्बोधन गर्दै भारतमा प्रविधि र प्रविधि सम्वन्धी यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाब हटाउन सहयोग गरेको बताए।

सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान हरियाणाबाट शुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ’मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .