ad ad

समाज


गरिब राष्ट्रलाई सहयोग गर्न अमेरिकाले ५० करोड डोज खोप खरिद गर्दै

गरिब राष्ट्रलाई सहयोग गर्न अमेरिकाले ५० करोड डोज खोप खरिद गर्दै

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ७:२१,

यी सबै खोप अमेरिकाले विश्वभरका गरिब राष्ट्रहरुलाई सहयोग गर्न खरिद गरेको स्रोतलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

ह्वाइट हाउसले यस विषयमा औपचारिक जानकारी भने दिन बाँकी रहेको बताइएको छ।

यसअघि पनि अमेरिकाले करोडौं डोज खोप दान गर्ने बताएको थियो।

समाचारअनुसार अमेरिकाले २० करोड डोज खोप यसैवर्ष विश्व खोप कार्यक्रम ‘कोभ्याक्स’लाई प्रदान गरिसक्नेछ।

कोभ्याक्समार्फत् सयभन्दा बढी न्युन आय भएका तथा गरिब राष्ट्रलाई खोप वितरण हुनेछ।

यस्तै अन्य ३० करोड डोज खोप भने आगामी वर्षको मध्यसम्ममा वितरण हुनेछ।

विश्वकै पहिलो अर्थतन्त्र अमेरिकालाई गरिब राष्ट्रलाई खोप वितरण गर्नैपर्ने दबाब छ।

यदी संकटको घडीमा अमेरिकाले सहयोग गर्न नसके विश्वभरका अधिकाँश मूलुकले अमेरिकामाथि आस्था राख्न छाडने अनुमान गरिएको छ। जसका कारण अमेरिकाले खोप वितरणमा नेतृत्वदायी भूमिका खेल्नैपर्ने बाध्यता छ।

विश्व स्वास्थ्य संगठनले पनि अमेरिका लगायतका सम्पन्न राष्ट्रले गरिब राष्ट्रलाई खोप वितरण नगरे कोरोना भाइरसको महामारी अन्त्य नहुने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .