मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ भन्ज्याङ्ग स्थित सेखुम तालमा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका १ दोभा घर भएका २२ वर्षीय रेमश पुनमगर उक्त तालमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका बताइएको छ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव उक्त तालबाट बाहिर निकालेको हो।
3
Shares

प्रतिक्रिया