समाज


४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ५ हजार ७६८ निको भए

४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ५ हजार ७६८ निको भए

नेपालखबर
जेठ २६, २०७८ बुधबार ११:६,

गएको २४ घण्टामा नेपालमा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा १६ हजार ६४२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको छ।

१२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, यो अवधिमा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन्।

आज ८१ जनाको निधन भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेको संख्या८ हजार १७९ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ९१५ जनामा संक्रमण देखिएको छ।

देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित देखिएका छन्। मन्त्रालयका अनुसार आज १ हजार ३१२ जना आईसीयूमा उपचारत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad