समाज


नेपालमा पहिलो पटक ट्रक भित्र्याउने सिंहले जिते कोरोना

नेपालमा पहिलो पटक ट्रक भित्र्याउने सिंहले जिते कोरोना

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ९:६,

नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन्।

सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए। २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।

उनले नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका थिए।

सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए।

उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ।

त्यसबेला काठमाडौं आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गरे। राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्धत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ।

उनीहरुको मद्धतबाटै काठमाडौंमा शिख समुदायको प्रवेश ठूलो संख्या भएको सो पुस्तकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad