समाज


नबिल बैंकको एटीएम तोडफोड गर्दागर्दै एक जना पक्राउ

नबिल बैंकको एटीएम तोडफोड गर्दागर्दै एक जना पक्राउ

नेपालखबर
जेठ २५, २०७८ मंगलबार ७:१८,

उदयपुरमा नबिल बैंकको एटीएम तोडफोड गर्दैगर्दा एक जना पक्राउ परेका छन्।

त्रियुगा नगरपालिका ११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका ३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

तत्काल भागी फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad