कालीकोट जिल्ला पहिलोपटक विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। कालीकोट सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो।
दैलेखको दुल्लुदेखि कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएसँगै कालीकोटमा केन्द्रीय प्रशारण लाइनको बिजुली बल्न थालेको विद्युत् नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
कालीकोटमा सोमबार साँझदेखि नै राष्ट्रिय प्रशारण लाइनको बिजुली बल्न थालेको हो। अब कालीकोटमा विद्युत सेवा नियमित हुने प्राधिकरणले जनाएको छ।
कालीकोटमा राष्ट्रिय प्रशारण लाइनको विजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन्। अब घर व्यवहारसँगै उद्योग र व्यपारमासमेत सहयोग पुग्ने अपेक्षा स्थानीयले लिएका छन्।

प्रतिक्रिया