समाज


भारतमा लगातार घट्दै कोरोनाको प्रभाव, ६१ दिनयताकै सबैभन्दा कम संक्रमित थपिए

भारतमा लगातार घट्दै कोरोनाको प्रभाव, ६१ दिनयताकै सबैभन्दा कम संक्रमित थपिए

नेपालखबर
जेठ २४, २०७८ सोमबार १२:१२,

कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सबैभन्दा कम हो। यससँगै हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालय सोमबार जानकारी दिएको छ।

 त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमी नआए तापनि केही समययता यस प्रकोपको कारण ज्यान गुमाउने संख्यामा पनि केही कमी देखिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ।

गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्। यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन्।

हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन्। भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी अधिकारीले जानकारी दिएको छ। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad