गोरखामा असार ५ गतेसम्म निषेधाज्ञाको समयसीमा बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी शालिकराम पौडेलका अनुसार सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयसीमा बढाएको हो।
निषेधाज्ञाको समयमा दैनिक उपभोग्य खाद्यन्न, तरकारी, फलफूल, तरकारी, दुध तथा दही, माछा, मासु, कृषिजन्य विउ विजन, मल, पशुपन्छीको दाना विक्री वितरण गर्ने पसहलहरु विहान ५ देखि बिहान ९ बजेसम्म खुल्न पाउने छन्।
निर्माण सामग्री बोक्ने गाडिमा चालक र सहचालक गरी दुई जना मात्र रहन पाउने आदेश गरिएको छ।


3
Shares

प्रतिक्रिया