समाज


मनिषा कोइरालाद्वारा कर्णालीमा स्वास्थ्य सामग्री सहयोग

मनिषा कोइरालाद्वारा कर्णालीमा स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
जेठ २४, २०७८ सोमबार ११:२८,

बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन्।

मनिषा कोइराला फाउन्डेशनबाट पीपीई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गरेकी प्रतिष्ठानले जनाएको छ। स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ। प्रतिष्ठानले विपतको समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले सो फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन्।

प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आईसीयू र २४ एचडीयू सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताए। यसैगरी २० कोरोना संक्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad