समाज


राउटे बस्तीमा अन्य व्यक्तिलाई जान रोक

राउटे बस्तीमा अन्य व्यक्तिलाई जान रोक

नेपालखबर
जेठ २४, २०७८ सोमबार ११:१६,

राउटे युवतीमाथि दुर्व्यवहार भएपछि उनीहरुको बसेको ठाउँमा बाहिरका मानिसहरुलाई जान प्रतिबन्ध लगाइएको छ।

अहिले उनीहरु बसेको सुर्खेतको गुर्भाकोट नगरपालिका आँपसोतीस्थित भेरी नदी किनारमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

'अहिले उनीहरुको बसेको स्थानमा बाहिरका मानिसहरुलाई जान रोक लगाइएको छ', रिजालले नेपालखबरसँग भने, 'सम्भावित अन्य दुर्घटनालाई हेरेर त्यहाँ जान रोक लगाइएको हो।'

राउटे युवतीमाथी दुर्व्यवहार भएको भिडियो बाहिरिएको थियो। उक्त भिडियो राउटे समुदायमा पुग्दा हुनसक्ने थप दुर्घटनालाई रोक्न यस्तो गरिएको प्रशासनले बताएको छ।

उक्त क्षेत्रमा प्रशासनले प्रहरीसमेत खटाएको छ। मदिरा सेवन गराई राउटे युवतीमाथि होटलमा यौन दुर्व्यवहार भएको थियो।

१९ र २३ वर्षकी राउटे युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोटका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad