समाज


बिहेमा बाजा बन्द गराउन गएका प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित ७ जना घाइते

बिहेमा बाजा बन्द गराउन गएका प्रहरीमाथि ढुंगामुढा, डीएसपीसहित ७ जना घाइते

नेपालखबर
जेठ २४, २०७८ सोमबार ८:१३,

रौतहटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ। गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि आक्रमण भएको हो।

स्थानीय १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्डविपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको भन्दै प्रहरी रोक्न पुगेको थियो।

इलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार भएको जनाएको छ।

ढुंगामुढा प्रहारबाट प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेसहित ७ जना घाइते भएका छन्।

डीएसपी घिमिरेको झाजपुलस्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी उपचारपश्चात् डिस्चार्ज भएका छन्।

प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका ६ फत्तेपुरका ३७ वर्षीय राधा साह रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad