हङकङका नेपाली र अर्बपति होतुङले नेपाललाई सहयोग गरे ४५० थान अक्सिजन सिलिन्डर

हङकङका नेपाली र अर्बपति होतुङले नेपाललाई सहयोग गरे ४५० थान अक्सिजन सिलिन्डर

मगेन्द्र राई
जेठ २४, २०७८ सोमबार ८:२,

कोरोना भाइरसबाट प्रभावित नेपालमा अक्सिजनको कमी नहोस् भनेर हङकङका नेपाली समुदायबाट ४५० थान अक्सिजन सिलिन्डर सहयोग भएको हो।

नेपालखबरसँग कुरा गर्दै अमरधन फाउन्डेसनका संस्थापक तथा गोर्खा एकता ईन्टरनेसनलका अध्यक्ष त्रिलोक गुरुङले अक्सिजन सिलिन्डरहरु यसैहप्ता नेपाल पुग्ने जानकारी दिए।

गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकारसमेत रहेका गुरुङले आफ्ना मातापिताको सम्झनामा यस फाउन्डेसन् बि.सं २०७३ मा स्थापना गरेका थिए।

यस फाउन्डेसनले हङकङका नेपाली र नेपाली जनताको हितमा काम गर्ने उनको भनाइ छ।

‘हामी नेपालीहरु एक साथ छौं’ भन्ने फाउन्डेसनको आदर्शलाई पछ्याउँदै नेपालमा अक्सिजन पठाइएको गुरुङको भनाइ छ।

No description available.

सो अक्सिजन सिलिन्डरहरु एनआरएनए कोभिड ९१९ उच्चस्तरीय कमिटी मार्फत प्रभावित क्षेत्रहरुमा बितरण गरिनेछ।

एनआरएनएमार्फत् सहयोग गर्दै आउनु भएको थियो, अहिले ब्यक्तिगत रुपमै सहयोग को लागि अगाडि बढ्नु भो नि? भन्ने प्रश्न को उत्तर मा गुरुङ ले भने,‘सर्बप्रथम त एक जनाको चाहनाले यति काम गर्न सकिन्छ भने मजस्तै अरुहरु पनि यसरी नै आउनुपर्छ ताकी थोपा थोपा जम्मा गरेर घैला भर्न सकियोस्। फेरि म एनआरएन नै हुँ, मैले गर्नु भनेको एनआरएनले गरेको हो, यतिखेर सरकार, राजनितीक दलहरुसमेत कोभिड नियन्त्रणमा उदासिन छन्, सरकारले बिदेश बस्ने नेपालीहरुको उपेक्षा गरेको छ, उनीहरुलाई यसले नैतिक दवाव पनि सिर्जना हुन्छ, हामी असल रिजल्ट निकाल्न चाहान्छौं।’

गुरुङले नेपालमा गरिएको उक्त सहयोग परियोजना सुरुवाती चरणमा मात्रै भएको बताउँछन्।

No description available.

निकट भविष्यमा फाउन्डेसनमार्फत् आईसोलेसन सेन्टर, अक्सिजन व्यवस्थापन, अनुसान्धन केन्द्र, अक्सिजन प्लान्ट निर्माण लगायत मानसिक आघात तनाव निबारण परामर्श केन्द्रजस्ता ठूला परियोजना समेत सन्चालन हुने बताइएको छ।

नेपालमा अप्ठ्यारो पर्दा हङकङका नेपालीहरु सहयोग जुटाउन सँधै अगाडि सर्छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .