विराटनगरमा एक जनाको ज्यान जाने गरी बिहीबार भएको दुर्घटनामा प्रहरीले प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार राति भएको उक्त दुर्घटनापछि रविन फरार भएका थिए। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको हो।
दुर्घटना हुँदा कार रविनले नै चलाएको प्रहरीले जनाएको छ।
प्रदेशसभा सदस्य विन्दियाले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको थियो। दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए।
3
Shares

प्रतिक्रिया