हङकङस्थित चिनियाँ जनमुक्ति सेनाको क्याम्प भित्र ट्याक्सी हुँइक्याइएपछि...

हङकङस्थित चिनियाँ जनमुक्ति सेनाको क्याम्प भित्र ट्याक्सी हुँइक्याइएपछि...

नेपालखबर
जेठ २३, २०७८ आइतबार १३:१७,

५३ वर्षका चालकले शनिबार साँझ ६ बजेर २० मिनेट जाँदा जनमुक्ति सेनाको क्याम्पको भवनमा ट्याक्सी ठोक्काएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

फलामे ढोका खुला भएको मौका छोपी चालकले पीएलएको क्याम्प भित्र कार हुँइकाएका थिए। यस घटनामा कोही घाइते नभएको बताइएको छ।

यो घटनापछि यतिबेला ट्याक्सी चालकलाई गिरफ्तार गरिएको छ। सेनाले शनिबार राति सोधपुछ गरेपछि प्रहरीलाई जिम्मा लगाएको छ।

यसअघि सन् २०१९ को अक्टोबरमा पनि एक मानसिक अवस्था बिग्रिएका व्यक्ति अनुमति बिना पीएलएको सोही क्याम्पमा घुसेका थिए।

उनले आफैंलाई चलचित्रको पात्र जेम्स बोन्ड हुँ भनेर बयान दिएका थिए।

हाल ट्याक्सी चालक किन कार लिएर चिनियाँ सेनाको क्याम्पमा घुसे भनेर पत्ता लगाउन सकिएको छैन।

यद्यपी पछिल्लो समय हङकङबासी मुख्य क्षेत्र चीनसँग निकै रुष्ट बनेका छन्।

राष्ट्रिय सुरक्षा कानुन लागू गरिदिएर चीनले चिनियाँ झण्डा र चिनियाँ गानाको बेइज्जत गर्ने व्यक्तिलाई जेल हाल्ने चेतावनी दिएको छ।

साथै चीनले हङकङमा देशभक्ति व्यक्तिलाई मात्र चुनावमा उठ्न दिने बताएको छ। यस्ता कानुनले आफ्नो अधिकार र स्वतन्त्रता गुमेको हङकङबासीको ठम्याई छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .