इरानी संचारमाध्यमका अनुसार ‘खर्क’ नामको जहाज आगलागीपछि समुद्रमा डुबेको हो।
यद्यपी चालक दलका सबै सदस्यलाई भने जोगाइएको छ।
जहाजमा कसरी आगलागी भयो भनेर हालसम्म खुलाइएको छैन तर सो समुद्री क्षेत्र निकै संवेदनशील मानिन्छ।
पछिल्लो समय सो क्षेत्र इरान र पश्चिमा राष्ट्रबीचको तनावको केन्द्र बनेको छ।
यसबीचमा हालैका दिनमा इजरायल र इरानबीच सो क्षेत्रमा एकअर्काको जहाजमाथि आक्रमण भएको भनेर आरोप–प्रत्यारोप भइरहेको छ।
हालै समुद्रमा डुबेको यस जहाज सैन्य अभ्यासको लागि निस्किएको थियो। एजेन्सी

प्रतिक्रिया