कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर ६ महिने बालक वीरेन्द्र चन्दको मृत्यु भएको जानकारी दिए।
‘खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो’, उनले भने, ‘महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे।’ रासस

प्रतिक्रिया