काठमाडौंको टेकुस्थित फोहोर व्यवस्थापन स्थलमा आगलागी भएको छ।
बिहीबार आगलागी भएको र अहिले आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए।
आगलागीमा मानवीय क्षति भने भएको छैन। तीनवटा दमकलसहित खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिएको हो।
आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन। यसबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए।
3
Shares
प्रतिक्रिया