बेलायती संचार माध्यमहरुले कोरोनाको नेपाली भेरियन्ट रहेको दाबी गरेपछि डब्लूएचओले नेपालमा छुट्टै भेरियन्ट रहेको विषयमा आफूलाई जानकारी नभएको जानकारी दिएको हो।
डब्लूएचओका अनुसार हालसम्म नेपालमा भारतका दुई र बेलायतका एक गरी तीन भेरियन्ट देखिएका छन्। तीमध्ये अहिले नेपालमा डेल्टा मात्र सक्रिय छ।
डेलीमेलले बेलायती वैज्ञानिकहरुको भनाइ उदृत गर्दै नेपाली भेरियन्ट खतरनाक भएको र त्यसलाई खोपले समेत काम नगर्ने उल्लेख गरेको छ।
यो पनिः युरोपमा कोरोनाको नेपाली भेरियन्ट भेटिएको दाबी, मन्त्रालय भन्छ : आधिकारिकता बुझ्दै छौँ
डब्लूएचओसँगै नेपालको स्वास्थ्य मन्त्रालयले पनि आफूहरुलाई कोरोनाको नयाँ भेरियन्टबारे थाहा नभएको र समाचारमा आएको विषय आधिकारिक हो यहा होइन भन्ने अनुसन्धान भइरहेको बताएको छ।
नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो । @mohpnep @PandavRajesh https://t.co/SPib5Tqc8a
— WHO Nepal (@WHONepal) June 3, 2021

प्रतिक्रिया