समाज


अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न पक्राउ

अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न पक्राउ

नेपालखबर
भदौ ३, २०७६ मंगलबार ८:१४,

गुलरिया नगरपालिका-५ मतङगा चोकबाट अवैध रुपमा चन्दा उठाउने कार्यमा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा ठाकुरबाबा नगरपालिका-३ बस्ने ३३ वर्षीय दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिसोम्बर थारु रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई अवैध रुपमा चन्दा उठाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली १ थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक १ थान, गाउँपालिका अन्तर्गत समूह गठन गरेको बुक १ थान, विभिन्न व्यक्तिबाट चन्दा उठाएको बुक १ थान र ४ हजार ३ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad