समाज


ग्राण्डीले घरघरमा पीसीआर परीक्षण गर्ने

ग्राण्डीले घरघरमा पीसीआर परीक्षण गर्ने

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १४:५१,

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पीसीआर परीक्षण गर्ने भएको छ।

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव संकलन गर्न लागेको हो।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाव संकलन गर्न लागिएको जानकारी दिए।

‘गत बुधबारदेखि पीसीआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाव संकलन गर्न लागेको हौँ’उनले भने।

स्वाव संकलनको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ। पीसीआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पु¥याउने व्यवस्था मिलाइएको जनाइएको छ।

अस्पतालले पीसीआर परीक्षणका लागि रु एक हजार ५०० शुल्क तोकेको छ। यस्तै, बिरामीको घरमा पुगेर स्वाव लिएमा सेवा बापत थप रु ५०० लाग्नेछ। सरकारले रु दुई हजारसम्म पीसीआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो।

सहुलियत दरमा पीसीआर परीक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र अस्पतालमा पीसीआर आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ।

‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाव परीक्षण गर्न मिल्नेछ। परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पीसीआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानुनपर्ने भएको छ।

स्वाव संकलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ। उक्त प्रयोगशालामा कोभिड बाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ। आगामी दिनमा बिरामीको चापअनुसार पीसीआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । विस २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad