समाज


कंगोका पाँच प्रतिशत सांसदको कोरोना भाइरसले लियो ज्यान

कंगोका पाँच प्रतिशत सांसदको कोरोना भाइरसले लियो ज्यान

नेपालखबर
जेठ १८, २०७८ मंगलबार १४:५०,

कंगोमा कुल सांसदको संख्या ६०८ हो। अधिकारीहरुका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट त्यहाँ पाँच प्रतिशत सांसदको ज्यान गएको हो।

कंगो अफ्रिकाको दोस्रो ठूलो राष्ट्र हो। त्यहाँको जनसंख्या ८ करोड ६० लाखभन्दा बढी छ।

हालसम्म त्यहाँ ३१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने कोरोनाले ७८६ को ज्यान गइसकेको छ।

कंगोले १७ लाख अस्ट्राजेनिका खोप कोभ्याक्स कार्यक्रम मार्फत प्राप्त गरेको थियो। तर युरोपमा सो खोपले खुन जम्ने खतरा भएको खबर आएपछि त्यहाँ खोप कार्यक्रम बन्द छ।

खोप कार्यक्रम सबैको पहुँचमा नपुग्नाले कोरोनाको खतरा बढ्ने अनुमान गरिएको छ।

कोभ्याक्समार्फत प्राप्त भएको खोपको अवधि सकिन लागेकाले कंगोले गत मेमा १३ लाख डोज खोप अन्य पाँच अफ्रिकी राष्ट्रमा पठाएको थियो। न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad