जलन भएर घाइते डोटीको आदर्श गाउँपालिका–४ रोडिकी २८ वर्षीया लक्ष्मी भाट र उनकी छोरी अन्जु भाटको उपचार सरकारले नै गर्ने भएको छ।
सोमबार विज्ञप्ति प्रकाशित गरी गृह मन्त्रालयले नेपाली हेलिकप्टर मार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको जानकारी दिएको छ। घाइतेको उपचार लागेको सम्पूर्ण खर्च सरकारले नै ब्यहोर्ने गृहले जनाएको छ।
यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा आमा छोरी घाइते भएका थिए। घटना लगत्तै लक्ष्मीका श्रीमान सन्तोष फरार भएका थिए।
अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए। घटनालगत्तै फरार रहेका सन्तोषले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। उनको खोजी जारी रहेको जनाइको छ।
घाइते लक्ष्मीलाई उपचारका लागि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आर्थिक सहयोग गरेका छन्।
Shares

प्रतिक्रिया