हङकङकी यी महिलाले सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छिटो चढेर बनाइन् कीर्तिमान

हङकङकी यी महिलाले सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छिटो चढेर बनाइन् कीर्तिमान

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:०,

बीबीसीका अनुसार ४५ वर्षीया शिक्षिका चाङ यिन हुङले गतहप्ताको आईतबार सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान राखेकी हुन्।

यसअघि नेपालकी पर्वतारोहीको नाममा यो कीर्तिमान थियो। तर नेपालीले भन्दा चाङले १२ घण्टा कम समयमै सगरमाथाको आरोहण गरेकी हुन्।

चाङ यिन हुङले २५ घण्टा ५० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुग्दै यस उपलब्धी हासिल गरेकी हुन्।

नयाँ कीर्तिमानी बनाएसँगै राजधानी काठमाडौंमा उनले पत्रकारहरुसँग भनेकी छिन्,‘उच्च लक्ष्य लिँदा अपेक्षा पनि उच्च राख्नुहोस्।’

उनले आफूलाई कसैको कीर्तिमानी भंग गर्नेभन्दा पनि आफैँलाई चुनौती दिने रमाइलो लाग्ने पनि उल्लेख गरिन।

बीबीसीका अनुसार हालैका दिनमा सगरमाथामा कीर्तिमान राख्नेमा उनी तेस्रो आरोही हुन्।

गत आइतबार ७५ वर्षीय अर्थर मूर सगरमाथा चढ्ने सबैभन्दा बढी उमेरका अमेरिकी बने भने चीनका ४६ वर्षीय जाङ हङ सोमबार सगरमाथा शिखरमा पुग्ने पहिलो आँखा नदेख्ने एशियाली बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .