ad ad

समाज


धूमपान गर्ने व्यक्ति कोरोनाको उच्च जोखिममा, जसले खोप लगाउनुअघि यी ६ कुरामा ध्यान दिनैपर्छ

धूमपान गर्ने व्यक्ति कोरोनाको उच्च जोखिममा, जसले खोप लगाउनुअघि यी ६ कुरामा ध्यान दिनैपर्छ

नेपालखबर
जेठ १७, २०७८ सोमबार ६:३८,

विश्व स्वास्थ्य संगठनले भनेको छ– कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुपरेका बिरामीमध्ये १८.५ प्रतिशत व्यक्ति मानिस धूमपान गर्ने रहेको कुरा विभिन्न अध्ययनबाट पुष्टि भएको छ।

विशेषज्ञ भन्छन्– धूमपान गर्ने व्यक्तिको इम्युनिटी (रोग प्रतिरोधात्मक शक्ति) कम हुन्छ र उनीहरूलाई संक्रमण हुने जोखिम धेरै हुन्छ। यति मात्र होइन, धूमपान जारी नै राखिए कोरोनाविरुद्धको खोपले पनि राम्रो काम गर्दैन।

यस विषयमा भारतीय पत्रिका दैनिक भास्करले दिल्लीस्थित इन्द्रप्रस्थ पोलो हस्पिटलका रेस्पिरेट्री मेडिसिन एक्सपर्ट डा. सुधा कंसलसँग कुराकानी गरेको छ। जुन हाम्रा लागि पनि उत्तिकै उपयोग हुने भएकाले यहाँ प्रस्तुत गरिएको हो।

उनका अनुसार धेरै अध्ययनले के पुष्टि गरेका छन् भने पीर, चिन्ताबाट मुक्त हुन भनेर मानिस धूमपान गर्छन्। यस्ता मानिस जब अस्पताल भर्ना हुन्छन्, त्यसबेला धूमपान गर्न नपाएर तनावग्रस्त हुन्छन्, धूमपानको लत छाड्न मुस्किल हुन्छ। जसले गर्दा उनीहरूमा फोक्सोसम्बन्धी रोग जस्तो : दम, भाइरल निमोनियाँ, क्रोनिक अब्ट्रक्टिभ पल्मोनरी डिजिज, एक्युट रेस्पिरेट्री डिस्ट्रेस सिन्ड्रोमको खतरा बढ्छ।

यस्ता किसिमका रोगीलाई कोरोना संक्रमण भयो भने अवस्था निकै नाजुक हुन सक्छ। र, लामो समय अक्सिजनको आवश्यकता पर्न सक्छ। अनि ठीक हुन पनि धेरै समय लाग्छ। यसबाहेक मुटुसम्बन्धी रोग तथा मुख र घाँटीमा क्यान्सर हुने खतरा पनि उत्तिकै हुन्छ।

डाक्टर सुधा भन्छिन्, ‘धूमपान गर्ने व्यक्तिमा इम्युनिटी अर्थात् रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। परिणाम– यस्ता मानिसलाई कोरोना संक्रमण हुने जोखिम ज्यादै हुन्छ। धूमपानले फोक्सोको कार्यक्षमता पनि घटाउँछ। जसले गर्दा कोरोना संक्रमण भयो भने श्वासप्रश्वाससम्बन्धी समस्या अझ बढ्छ। यसकारण धूमपान गर्ने मानिसलाई कोरोनाविरुद्ध खोप लगाउनैपर्ने हुन्छ।

डा. सुधाका अनुसार धूमपान गर्ने व्यक्तिमा खोपले पनि कम काम गर्छ। यस्ता मानिसको शरीर भाइरसविरुद्ध एन्टिबडी बन्न पूर्ण रूपमा तयार हुन सक्दैन। यसकारण धूमपान गर्ने व्यक्तिले खोप लगाउनुअघि यी कुरामा ध्यान दिन आवश्यक हुन्छ :

–खोप लगाउनुभन्दा एक हप्ता अघिदेखि कम्तीमा दैनिक ६ घण्टा मस्तसँग निदाउनुपर्छ।

–शरीरमा प्रतिरक्षा कोषिका बढाउने खानेकुरा जस्तै : दूध, दही पिउने।

–धूमपान नगर्ने, किनकि यसले एन्टिबडीको भूमिका कमजोर पार्छ।

–शान्त र तनावमुक्त रहने। साथै गहिरो श्वास लिने खालका व्यायाम गर्ने।

–खोप लगाउनु ४८ घण्टा पहिले अल्कोहल (रक्सी) नपिउने, किनकि यसले पनि शरीरको प्रतिक्रियालाई प्रभाव पार्छ।

–इम्युनिटी बढाउन दैनिक भोजनमा प्रोटिनयुक्त खानेकुरा समावेश गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .