समाज


अस्पतालबाट फर्कंदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अस्पतालबाट फर्कंदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

नेपालखबर
जेठ १७, २०७८ सोमबार ४:२०,

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ च ७७०६ नम्बरको एम्बुलेन्स गएराति २ः४० बजे फिदिम नगरपालिका-३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो।

दुर्घटनामा पाँचथरको याङवरक गाउँपालिका-२ फलैँचाकी ५० वर्षीय ममता राईको मृत्यु भएको हो। गम्भीर घाइते राइलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। उपचारका क्रममा आज बिहान ३ः४० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनामा सोही ठाउँका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए।

दुर्घटनापछि प्रहरीले एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। एम्बुलेन्समा चालकसहित चार जना सवार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad