ad ad

समाज


दोलखाका पत्रकार रवीन्द्र गौतमको कोरोनाका कारण निधन

दोलखाका पत्रकार रवीन्द्र गौतमको कोरोनाका कारण निधन

नेपालखबर
जेठ १६, २०७८ आइतबार १४:१२,

नेपाल पत्रकार महासंघ दोलखा शाखाका कार्यसमिति सदस्य रवीन्द्र गौतमको कोरोना संक्रमणका कारण निधन भएको छ।

पत्रकार गौतमको ३८ वर्षको अल्पायुमै भएको असामयिक निधनको खबरले स्तब्ध र दुःखी बनाएको महासंघले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याई नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचाररत गौतमको स्वास्थ्यमा थप समस्या आएपछि गएरातिदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज दिउँसो उपचारकै क्रममा निधन भएको हो। गौतमका आमा, श्रीमती, ९ वर्ष र ६ महिनाकी दुई छोरी छन्।

महासंघका अनुसार दोलखाको भिमेश्वर नगरपालिका–३ निवासी गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय थिए। इमेज च्यानल, अभियान आर्थिक दैनिक, नवतरंग साप्ताहिकलगायतमा काम गरेका गौतम पछिल्लो समय अन्नपूर्ण पोष्टको दोलखा सम्वाददाताका साथै रेडियो भिमेश्वरको स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ। महासंघले पत्रकार गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकाे छ।

कोरोनाकै कारण हालसम्म १९ जना पत्रकारको निधन भएको छ भने ९ सयभन्दा बढी पत्रकार संक्रमित भएका महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .