समाज


भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १७:४७,

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्।

बिहीबार दिउँसो दाङका एक पुरुषको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।

उपचारमा लापरबाही गरेर मृत्यु भएको भन्दै आफन्तले कुटपिट गर्न खोजेपछि स्वास्थ्यकर्मीको भागाभाग भएको थियो।

अस्पतालमा बाँकेका प्रहरी प्रमुख एसपी ओम रानासहितको टोली र वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक दिल्लीबहादुर खड्काको टोलि घटनास्थलमै छ। प्रहरीले १७ जनाको टोली अहिले अस्पतालमा खटाइएको छ।

अहिले स्थिति केही सामान्य हुँदै गएको प्रहरीले जानकारी दियो।

सो अस्पतालमै रहेका एक स्वास्थ्यकर्मीका अनुसार आक्रमणकारीहरुले नर्स, डाक्टर लगायतलाई लखेटीलखेटी आक्रमण गरेपछि ४ जना नर्सले अस्पतालको दुई तलामाथिबाट हाम फालेर ज्यान जोगाएको बताए।

उनीहरुलाई सामान्य चोट लागेको छ।

‘उहाँहरुमा अहिले धेरै ठूलो समस्या देखिएको छैन, खुट्टा मर्किएको छ, अरु सामान्य छ र जेकजाँच हुँदैछ,’ एक स्वास्थ्यकर्मीले नेपालखबरसँग भने, ‘तर अस्पतालमा अझै पनि सबै आतंकित रहेको अवस्था छ।’

BheriHospital Police

उनका अनुसार डाक्टर र अस्पतालका अन्य व्यक्तिले पनि लुकीलुकी ज्यान जोगाएका थिए।

‘अर्कै सिकिस्त बिरामीका कुरुवामाथि समेत आक्रमण गरिएछ,’ उनले भने।

प्रहरीले सो आक्रमणमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।

‘यो यहाँको मात्र नभई देशभरको समस्या हो, स्वास्थ्यकर्मीहरुले बिरामीको ज्यान जोगाउन सक्दाे प्रयास गर्दा पनि आफूलाई मै हुँ भन्नेहरुले यसरी दादागिरी देखाउने गरेका छन् त्यसैले यसको एउटा दिर्घकालीन समाधान खाेज्नु जरुरी भइसकेकाे छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad