भारतमा विध्वंस मच्चाइरहेको चक्रवात यासको प्रभावले नेपालमा पनि वर्षा भइरहेको र यसले बाढी पहिरोको समेत खतरा बढाएकाले होसियारी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित सबैलाई अपिल गरेको छ।
भोलि जेठ १३ देखि १५ गतेसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने मौसमविद्को अनुमान रहेकाले यसबीच बाढी/पहिरोसमेत जाने खतरा देखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बस्तीनजिक बाढी, पहिरो, डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्ने।’
हेर्नुहोस्, प्राधिकरणले जारी गरेको ८ बुँदे अपिल :
यी पनि :
भारतमा बज्रियो अति शक्तिशाली चक्रवात यास, नेपालमा धेरै ठूलो वर्षा र हावाहुरीको सम्भावना
भारतमा यास चक्रवात : करोडभन्दा बढी व्यक्तिको बिचल्ली, ३ लाखभन्दा धेरै घर ध्वस्त
Shares
प्रतिक्रिया