समाज


भारतमा ह्वात्तै घट्न थाल्यो कोरोना संक्रमितको संख्या, दुई लाखभन्दा कम थपिए

भारतमा ह्वात्तै घट्न थाल्यो कोरोना संक्रमितको संख्या, दुई लाखभन्दा कम थपिए

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ८:६,

गएको २४ घण्टामा भारतमा दुई लाखभन्दा कम संख्यामा कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१ लाख ९६ हजार ४२७ नयाँ कोरोना संक्रमित थपिँदा सोही अवधिमा ३ हजार ५११ को ज्यान गएको छ।

कोरोना संक्रमित हुनेको संख्या अप्रिल १४ यताकै कम भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृतक दर र संक्रमित दर दुवैमा कमी आएको हो। यस्तै गएको २४ घण्टामा भारतमा ३ लाख २६ हजार ८५० कोरोनामुक्त भएका छन्। यहाँ संक्रमित हुनेभन्दा कोरोनामुक्त हुने दर पनि बढी छ।

तथ्यांकअनुसार यसै मे महिनाको ८ तारिखसम्म भारतमा दैनिक ४ लाखको दरले कोरोना संक्रमित थपिरहेका थिए।

त्यस मितिबाट ह्वात्तै संक्रमितहरु घटिरहेका छन्। गएको दुई हप्ताको अवधिलाई मध्यनजर गर्दा भारतमा कोरोना संक्रमणमा ५० प्रतिशतले गिरावट आएको छ।

भारतमा कुल संक्रमितको संख्या २ करोड ६९ लाख ४८ हजार पुगेको छ भने कोरोनाबाट ३ लाख ७ हजारले ज्यान गुमाइसकेका छन्।

अहिलेसम्म २ करोड ४० लाख ५४ हजार कोरोना मुक्त भएका छन् भने त्यहाँ २५ लाख ८५ हजार सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad