समाज


कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन

नेपालखबर
जेठ १०, २०७८ सोमबार १५:१३,

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ।

कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो।

उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन भएको उनका भतिजा सुमनले बताए।

कोरोना संक्रमण हुनुअघि उनमा कुनै रोगको समस्या थिएन। दाहालका २ छोरा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad