गएको २४ घण्टामा नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१९ हजार ८४६ जनाको पीसीआर पीक्षण गर्दा ७ हजार २२०र ६०७ जनामा एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, आज १८५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृतयु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।
आज ७ हजार १३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हिजो ८ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ हजार ६४४ जना संक्रमण मुक्त भएका थिए।

प्रतिक्रिया