सेयरबजारमा आज हालसम्मकै उच्च कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको हो।
आजको कारोबारमा २१६ कम्पनी सामेल थिए। उनीहरुको २ करोड ७१ लाख कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा १ लाख ३६ हजार पटकको किनबेचपछि कीर्तिमानी कारोबार भएको हो।
यही जेठ ५ मा ११ अर्ब ९५ करोड ८० लाखको कीर्तिमानी कारोबार भएको थियो। त्यसअघि ०७७ माघ २६ गते १० अर्ब ६१ करोडको उच्च कारोबार भएको थियो।
आजको कारोबार रकमले ती सबैलाई उछिनेको छ।
उच्च कारोबार भए पनि आज वाणिज्य बैंक, निर्जीवन बीमा, म्युचुअल फन्ड र लगानी समूहको मात्रै कारोबार सूचक बढेको छ।
आज कमाउने लगानीकर्ताले ९.९५ प्रतिशतसम्म र गुमाउनेले ४.४७ प्रतिशतसम्म गुमाएका छन्। ्
आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको एक अर्ब २६ करोडको सर्वाधिक कारोबार भएको छ।
Shares

प्रतिक्रिया