समाज


स्वास्थ्य मन्त्रालय भन्छ : अहिले नेपालमा फैलिएको संक्रमण कोरोनाको दोस्रो भेरियन्ट

स्वास्थ्य मन्त्रालय भन्छ : अहिले नेपालमा फैलिएको संक्रमण कोरोनाको दोस्रो भेरियन्ट

नेपालखबर
जेठ १०, २०७८ सोमबार १०:२६,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नेपालमा फैलिएको कोरोना संक्रमण दोस्रो भेरियन्ट भएको जनाएको छ।

मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले अहिले बी१.६१७.२ नामक कोरोना भेरियन्टको संक्रमण फैलिरहेको बताए।

उनले कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रहसमेत गरे।

मन्त्री त्रिपाठीका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ, जसको शोधभर्ना स्वरुप सरकारले वैशाख महिनामा मात्रै ४५ करोड रुपैयाँ तिरेको छ।

उनले अहिले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताए।

गत २०७७ वैशाख महिनामा ३२७ भेन्टिलेटर रहेकोमा अहिले ९०४ पुगेको र १८० थप हुँदै गरेको जानकारी दिए। यस्तै, २६ सय आईसीयू बेड रहेकोमा ४ सय थप गरी हाल ३ हजार सञ्चालनमा ल्याइएको उनले बताए। ६३० आईसीयू बेड थप हुँदै गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए।

यस्तै, इचडीयू बेड सरकारी अस्पतालमा २०७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने १४ सयवटा थप गर्ने तयारी छ।

यसअघि नेपालमा ३२ वटा मक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा थप १९ वटा सञ्चालनको तयारीमा छन्। लिक्विड अक्सिजन २७ पुर्याउने प्रक्रिया अघि बढेको छ भने अक्सिजन कन्सन्ट्रेटर ९ सय पुर्याइएको छ। अक्सिजन सिलिण्डर ५ थप गरिएको मन्त्री त्रिपाठीले बताए।

हाल ५५ सरकारी र ३६ निजी अस्पतालमा दैनिक २० हजार नमूना परीक्षण भइरहेको छ।

यस्तै, स्थानीय तहसँगको सहकार्यमा समूदायमा एन्टिजेन परीक्षण भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad