चीनले दिएको १५० युनिट लिक्वीड अक्सिजन नेपाल आइपुगेको छ।
शनिबार दिउँसो ४ बजे तातोपानी भन्सार कार्यालयबाट लिक्वीड अक्सिजन बोकेका दुईवटा गाडी दमकल र प्रहरी स्कर्टिङसहित काठमाडौंतर्फ पठाएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए।
लिक्वीड अक्सिजन संवेदनशील भएकाले चीनदेखि नै दमकल साथै लगाएर ल्याइएको हो। चीनले ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो।
तातोपानी भन्सार कार्यालयमा आएका सामग्री भन्सारले ल्हासा वाणिज्य दूतावासको पत्र अनुसार स्वास्थ्य सेवा विभागका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ।
पछिल्लो पटक चीनले ३० हजार लिटर लिक्वीड अक्सिजन, ८ सय फिल्ड अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सनट्रेटर, ५ वटा भेन्टिलेटर, २ सय आईसीयू बेड र १५ हजार एन्टिजेन किट्स दिएको छ।
बाँकी स्वास्थ्य सामग्री पनि नेपालतर्फ आउँदै गरेको तातोपानी भन्सारका प्रमुख गौतमले नेपालखबरलाई बताए।

प्रतिक्रिया