राजनीति


काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडिओ)

काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडिओ)

नेपालखबर
जेठ ८, २०७८ शनिबार १५:१०,

काठमाडौंमा नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ।

संसद् विघटनको विरोधमा नेविसंघले पशुपति क्याम्पसअगाडि शनिबार साँझ भण्डारी र ओलीको पुत्ला जलाएको संघका पूर्वकेन्द्रीय सदस्य प्रेम शाहीले जानकारी दिए।

आइतबार राति राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपा एमालेको ओली पक्ष र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबाहेक सम्पूर्ण राजनीतिक दलले विरोध गरिरहेका छन्।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरेका थिए।

तर केपी ओलीले पनि आफ्ना पक्षमा १५३ सांसद रहेको भन्दै राष्ट्रपतिलाई पत्र बुझाएपछि भण्डारीले दुवैको दाबी नपुगेको बताउँदै संसद विघटन गरेकी हुन्।

त्यसविरुद्ध विपक्षी दलले राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेका छन्।

हेर्नुहोस्, पुत्ला दहनको भिडिओ:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad