हालसम्म प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको आक्रमणमा २२७ मानिसको मृत्यु भइसकेको छ।
हमासको आक्रमणबाट इजरायलतर्फ भने १२ जनाको मात्र ज्यान गएको छ।
यसबीचमा गाजामा सक्रिय हमास लडाकुले केहीदिनमै इजरायलसँग युद्धविराम हुने बताएको छ। तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु भने निकै आक्रामक देखिएका छन्।
उनले आफ्ना नागरिकको सुरक्षा ग्यारेन्टी नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्।
बिहीबार बिहानै मात्र इजरायलले प्यालेस्टाइनको गाजामा सयभन्दा बढीपटक आक्रमण गरेको छ।
नेतन्याहु
इजरायली सेनाको आक्रमणबाट हमासको शक्ति वर्षौ पछाडि धकेलिएको पनि नेतन्याहुले बताउँदै आएका छन्।
हमासका राजनीतिक शाखाका नेता मुसा अबु मार्जुकले लेबनानको अल–मयादीन टेलिभिजनसँग दुवै पक्षबीच केहीदिनमै युद्धविरामको प्रयास सफल हुने बताएका छन्।
तर नेतन्याहुले इजरायली नागरिकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले सुरुवातदेखि नै हिंसा रोक्न आग्रह गरिरहेका छन्। बीबीसी
याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)
- इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो
- सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया